कृष्ण जन्माष्टमीको अवसरमा केरौनमा आज मेला लाग्दै

बिबेक खतिवडा
भदौ २१, केरौन । मोरङको कानेपोखरी २ स्थित केरौन चोकमा कृष्ण जन्माष्टमीको अवसरमा आज विहिबार मेला लाग्ने भएको छ ।

केरौन चोकमा रहेको राधाकृष्ण मन्दिरमा परिसरमा विहिबार विभिन्न कार्यक्रम(खेलहरु) गरी मेला लगाउने तयारी रहेको हो । हिजो बुधबार रातको समयमा भजन कृर्तन गर्दै हिन्दु धर्म परम्परा अनुसार रातको १२ बजे कृष्ण जन्माई सकेको मन्दिर समितिका अध्यक्ष महेश सुवेदीले बताए ।

सो स्थानमा मन्दिर निर्माण सुरुवात देखिनै कृष्ण जन्माष्टमी पर्वको रुपमा मनाउदै आएकोले यस पर्वलाई निरन्तर रुपमा हेरेक बर्ष मनाउदै जाने र मेलामा विभिन्न मनोरञ्जनका खेलहरु खेलाउने आयोजकले जनाएको छ । खेलमा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कृत गर्ने तयारी रहेको छ ।

सुरुमा स्थानीयहरुबाट आर्थिक संकलन गरी कृष्ण जन्माष्टमी मनाउने गरेको आयोजक सुनाउछ । केहि बर्ष देखि भने समितिले आफैले कृष्ण जन्माष्टमी मनाउर्दै आएको छ ।

सम्बन्धित खवर