१६ वैशाख, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएका सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गर्तेको विवरण संकलन प्रक्रिया सुरु गरेको छ ।
तीन दिन भित्र जिल्ला प्रशासन कार्यालय मोरङले विवरण निर्देशन उपलब्ध गराउन पत्रचार गरेपछि कानेपोखरीमा पनि थालिएको हो । आफ्नो क्षेत्राधिकारभित्र रहेका जग्गाहरूको संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गर्दै विवरण तीन दिन भित्र पालिकामा पेश गर्न माग गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवद्वारा हस्ताक्षरित सूचना अनुसार, कुनै पनि बहानामा सरकारी वा अरूको निजी जग्गा अतिक्रमण गरिएको भए त्यसको विवरण उपलब्ध गराउन आग्रह गरिएको छ ।
गाउँपालिकाले अतिक्रमण गर्ने व्यक्तिको नाम, तीन पुस्ते विवरण र अतिक्रमण गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि माग गरेको छ ।
प्राप्त भएका विवरणहरूलाई गाउँपालिकाले आवश्यक छानबिन गरी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, मोरङमा पठाउने जनाएको छ । सत्य–तथ्य विवरण उपलब्ध गराई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग पु¥याउन स्थानीय प्रशासनले सबैमा अपिल समेत गरेको छ ।
कानेपोखरी गाउँपाकिला क्षेत्रमा यस प्रकारको देखिएको समस्या पूर्वपश्चिम सडकको कानेपोखरी चोक, रमाइलो मंगलबारे बजार र बयरवन बजार रहेको छ । २०७८ सालमा वडा नं. ४ का निर्वतमा वडाध्यक्ष धनबहादुर राईको पालामा जनता आधारभूत विद्यालयको अतिक्रमण गरीएको जग्गाको लगत संकलन गरेका थिए ।



