सोमवार, बैशाख १४, २०८३

सिएच आईटिएफ तेक्वान्दो संघको ३६ खेलाडीको बेल्ट ग्रेडिङ्ग

१४ वैशाख, उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित सिरुझारमा ३६ जना खेलाडीहरुको बेल्ट ग्रेडिङ्ग सम्पन्न भएको छ ।

सिएच आईटिएफ तेक्वान्दो मगलबारे डोजाङ्गको आयोजनामा शनिबार सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमामा नियमित ग्रेडिङ्ग सम्पन्न गरेको हो । ग्रेडिङ्गमा वाइट बेल्टबाट येलो बेल्टमा ३३ जना, १ जना येलोबाट स्टेप ग्रीनमा, १ जना स्टेप ग्रीनबाट स्टेप ब्ल्युमा र १ जना स्टेप ब्ल्युबाट रेड बेल्टमा बेल्ट ग्रेडिङ्ग गरिएको थियो ।

शारीरिक र मौखिक परीक्षामा सामेल भएपश्चात ग्रेडिङ्ग पुरा गरिएको कोशी प्रदेश सिएच आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलले बताए ।

सम्पन्न भएको कार्यक्रममा ५५ जना खेलाडीहरु सहित प्रशिक्षकद्वय आशिष भुजेल र आशिका शिवाकोटी, प्रदेश सचिव दिनेश सुब्बा लिम्बू , अतिथिको रुपमा सनम रोक्का लगाएत अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कोशी प्रदेश सिएचआईटिएफले यस अघि पनि विभिन्न सेमिनार, गोष्टी, प्रतियोगिता गर्दै आएको छ । केही दिनमा प्रदेश स्तरीय रेफ्री टे«निङ तथा सेमिनार पनि आयोजना गरिने प्रमुख प्रशिक्ष भुजेलले बताए ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.