असोज १, कानेपोखरी । निजी तथा आवासीय बिधालय अर्गनाइजेशन कानेपोखरीद्धारा आयोजित आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता देव कोटा एकेडेमी प्रथम भएका छन् । प्याब्सन कानेपोखरीमा गठन भएपछि प्याब्सनले कानेपोखरीमा पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।
रमाइलो जनएकता साकोसको सभाहलमा आइतबार भएको प्रतियोगितामा दोस्रो बाल संसार इङ्लिस स्कुल भएका थिए । त्यसैगरी कालिस्थान नमूना स्कुल तेस्रो भएका थिए भने सान्तावना जेनिथ इङ्लिस स्कुल भएका थिए ।
प्रथम, द्धितीय र तृतीय हुनेलाई कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकरी र विशिष्ट अतिथि प्याब्सन कोशी प्रदेस सल्लाहकार सदस्य सुनिल पौडेलले पुरस्कार वितरण गरेका थिए । ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
बाल संसार
प्रतियोगितामा प्याब्सनमा आवद्ध ८ वटा विद्यालयले मात्र सहभागिता जनाएको थियो । पपुलर इंङलिस स्कुल, बाल जगत इङ्लिस स्कुल, पर्ल एकेडेमी इङ्लिस स्कुल, जेनिथ इङलिस स्कुल, बालज्योती इंङलिस स्कुल, बाल संसार इंङलिस स्कुल, कालिथान नमुना इंङलिस स्कुल र देवकोटा एकेडेमी इंङलिस स्कुलले प्रतियोगितामा भाग लिएका थिए ।
कार्यक्रम संचालन प्याब्सन कानेपाखरीका सचिव विद्यानन्द चौधरीको रहेको थियो भने कार्यक्रमका सभाअध्यक्ष प्याब्सन कानेपोखरीका अध्यक्ष मन कुमारी गुरुङले गरेकी थिइन् ।
कालिस्थान नमूना स्कुल
जेनिथ स्कुल