कानेपोखरीमा महिला स्वास्थ्य स्वयमसेविका दिवश सम्पन्न

मंसिर १९ गते, कानेपोखरी, मोरङ । कानेपोखरी गाउँपालिकामा आज १८ औैं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवश सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठले गाउँपालिकामा महिला स्वास्थ्य स्वयमसेविकाहरुको ज्यादै महत्वपूर्ण भूमिका रहदै आएको बताएका थिए ।

गाउँपालिका स्तरीय महिला स्वयमसेविकाहरुको उपस्थितमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए ।

सम्बन्धित खवर