मंसिर २० गते, पथरी । मोरङको पथरीशनिश्चरे–१ स्थित पञ्चायत माध्यामिक विद्यालयमा योग शिक्षा शिविर सुरु भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले योग शिक्षा शिविरको उद्घाटन गरेको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु भएको योग शिक्षा शिविर ५ दिन सम्म चल्ने पञ्चायत माविका प्रधानाध्यपक अर्जुन कुमार बुढाथोकीले बताए ।