सहकारी संस्थाद्धारा उपमेयर बास्तोला सम्मानित

मंसिर २५ गते, पथरी, मोरङ । पथरीशनिश्चरेस्थित –२ स्थित चौतारी सामाजिक महिला उद्यमी सहकारी संस्थाले नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मानित गरेको छ ।

संस्थाको ११ औं वार्षिक साधारणसभाको अवसरमा महिलाहरुको हकहितमा समेत निरन्तर सहयोग पुर्याएको भन्दै उपप्रमुख वास्तोलालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

उपप्रमुख वास्तोलाले संस्थाको साधारणसभाको उद्घाटन गर्दै महिलाहरुको समग्र उत्थानमा यसप्रकारका महिला सहकारी संस्था अघि बढ्नु पर्ने बताइन ।

सम्बन्धित खवर