७ दिने लघु उद्यम कार्यक्रम सम्पन्न

पुस १ गते, बयरवन । मोरङको कानेपोखरी –७, नम्बर वडामा ७ दिने गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सम्पन्न भएको छ ।

मंसिर २३ गते देखी सुरु भएको कार्यक्रम विहिबार शान्ति देवीमा एक कार्यक्रमको विच समापन भएको हो । कानेपोखरी गाउँपालिकाको आयोजना र ७ नम्बर वडाकोे समन्वयमा कार्यक्रम भएको थियो । वडा नम्बर ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा र सीता भट्राईको सभाध्यक्षतामा भएको थियो । ७ दिने कार्यक्रमको अरुणा राईले सहजिकरण गरेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य सगुन लिम्बुले र प्रमुख अतिथि वडाध्यक्ष अधिकारी, अम्बिका लिम्बु र सहजकर्ता अरुणा राईले मन्तव्य राखेको थियो । कार्यक्रम संचालन सविता राजवंशीले गरेकी थिइन् ।

सम्बन्धित खवर