माघ २ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका बाल सञ्जालका किशोर किशोरीहरुका लागि लागू औषध दुव्र्यसन तथा मानसिक स्वास्थ्य सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।
नगरपालिकाको सहयोगमा दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको तालिममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले युवा पुस्तालाई कुलतबाट जोगाएर सृजनशील तथा कर्मशील बनाउने योजना अनुरुप तालिम प्रदान गरिएको बताइन ।
तालिममा नगर बाल सञ्जालका पदाधिकारी एवम् सदस्य तथा वडा वाल सञ्जालबाट प्रतिनिधित्व समेत गराइएको थियो । तालिममा अधिकारकर्मी शोभा बजगाईं र सुशीला सुवेदी पाठकले सहजिकरण गरेका थिए ।