सन्थाल समुदायमा जनचेतना कार्यक्रम

माघ २५ गते, बयरवन । मोरङको कानेपोखरी– ३, मा संन्थाल समुदायमा जनचेतना कार्यक्रम सुरु भएको छ ।

वडाको राजगनमा रहेको सन्थाल समुदाय महिलाहरुको कार्यक्रमलाई सोमबार गाउँपालिकाको उपाध्यक्ष राजमती इङ्नाले उद्घाटन गरेकी थिइन् । महिला लक्षित कार्यक्रम अन्तर्गत ५ दिन सम्म सञ्चालन हुने सचिव ओम मगरले बताए । कार्यक्रम सुरुमा पन्जिकरण, घटना दर्ता, बालबिबाह , बहुबिवाह, महिला हिंसा, घरेलु हिंसा लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रमको सहजीकरण सहजकर्ता शेखर ढकालले गदैछन् । अतिथिमा कार्यपालिका सद्स्य पद्यमा कार्की गुरुङ, र मुना श्रेष्ठ रहेका थिए । कार्यक्रमको अध्यक्षता सदस्य इन्दिरा राजवंशीले गरेका थिए ।

सम्बन्धित खवर