पथरीमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

जेठ ८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका पदाधिकारीहरुलाई निर्वाचन अधिकृतको कार्यालयले आज प्रमाणपत्र वितरण गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा, निर्वाचन अधिकृत खगेन्द्र सुवेदी, नगर प्रमुखमा निर्वाचित मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्ले, १० वटा वडाका वडाध्यक्ष, सदस्य सहितका ५२ जना जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

सहायक निर्वाचन अधिकृत पुण्यप्रसाद पौडेल सहित राजनीतिक दलका प्रतिनिधि, नगरको निमित्त प्रशासन प्रमुख, सुरक्षा अधिकारी सहितको उपस्थितीमा प्रमाणपत्र वितरण गरिएको छ । जेठ ६ गते सम्पन्न मतगणनाको नतिजा अनुसार, वडा नम्बर १ मा भीमकुमार राई, २ मा नैना राई, ३ मा विजय लिम्बू, ४ मा लोकनाथ न्यौपाने, ५ मा चेतेन्द्र खडका, ६ मा कृष्णकुमार बस्नेत, ७ मा उद्धवराज वस्नेत, ८ मा नवीन कार्की, ९ मा वीरबहादुर राई र १० मा जीवन खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा (एमाले) बाट नगर प्रमुख, उपप्रमुख सहित ३४ र नेपाली काग्रेसबाट १८ जना निर्वाचित भएका छन् । जिल्ला न्यायाधिसबाट भोली नगर प्रमुखले सपथ ग्रहण गरेपछि पर्सी नगर प्रमुखले अन्य पदाधिकारीलाई सपथ ग्रहण गराई कार्यकाल आरम्भ गर्ने कार्यक्रम छ ।

 

सम्बन्धित खवर