स्थानीय पाठ्यक्रम सम्बन्धीको २ दिने प्रवोधिकरण कार्यक्रम सम्पन्न

 

जेठ २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सम्बन्धीको २ दिने प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको छ ।

आधारभूत तहमा लागू गरिने स्थानीय पाठ्यक्रममा समावेश भएका विषय, शिक्षण सिकाई लगायतका विषमाका बारेमा नगरको शिक्षा शाखामार्फत विद्यालयहरुलाई जानकारी गराइएको छ ।

जसमा, नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी र पाठ्यक्रम लेखन समिति सदस्य ऋषिराज धिमालले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र विषय शिक्षकहरुलाई पाठ्यक्रमका बारेमा जानकारी गराएको हो । अव पाठ्यपुस्तक निर्माणका विषयमा पनि छलफल समेत अघि बढाइने छ ।

 

सम्बन्धित खवर