कानेपोखरी २ को आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

पुस २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. २ को आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरेको छ ।

सोमबार वडा नं. २ स्थित केरौन चोक दक्षिमा निर्माण सम्पन्न आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेको हो । स्वास्थ्य केन्द्रको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारीले रिवन काटेर उद्घाटन गरेका थिए ।

यस अघि वडा नं. २ को वडाकार्यालयमै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा दिदै आएका थिए । शौचालय र बाथरुम सहितको एक तले तीनकोठाको आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न पछि संचालनमा ल्याएको हो । त्यहाँबाट वडाको जनताहरुलाई स्वास्थ्य सेवा दिन सुरु गरेको वडाध्यक्ष सुशिल बुढाथोकीले बताए । विरामी चेकजाँच गर्ने कोठा, गर्भवती चेकजाँज र स्टोर रुम गरी तीनवटा कोठा रहेको छ ।

आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको लागि २४ लाख ५ हजार ८ सय ५० रुपैया खर्च भएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र भवन निर्माणको लागि योगबहादुर थापाले साढें ३ कट्ठा, हरिबहादुर र चन्द्र बुढाथोकीले ७ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

स्वास्थ्य केन्द्र भवन निर्माणको लागि जग्गा दाताहरुलाई सोमबार गाउँपालिकाले सम्मान पत्र र दोसल्लाहले सम्मान गरेका थिए । सम्मान तथा उद्घाटन कार्यक्रममा उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी, जिन्सी शाखा अधिकृत यादव निरौला लगाएत वडाका वडासदस्यहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खवर