असोज २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका– १० को जिरिखिम्तीस्थित पूर्वपश्चिम मुख्य सडक दक्षिण डाँस खोला नजिकको सडकमा निर्माणाधीन एकतर्फी ड्रेन (रिटेनिङ वाल) को आज अनुगमन भएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा १० नम्वर वडाकी कार्यवाहक अध्यक्ष मैनादेवी फूयँल आचार्य सहितको प्राविधिक सहितको टोलीले निर्माण जारी रहेको योजनाको अनुगमन् गरेको हो । अनुगमन् समितिले गुणस्तरीय तथा न्यायोचित काम गर्न सुझाव दिएको छ ।
वडा कार्यालयको ७ लाख रुपैयाँ लागतमा दीपक राईको घर दक्षिणको सडकको दुवै किनारामा २ सय ५० मिटर÷२ सय ५० मिटर गरी कुल ५ सय मिटर लम्बाईको रिटेनिङ वालका रुपमा एकतर्फी ड्रेन निर्माण कार्य भइरहेको हो । सो सडकमा गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेटमा ग्राभेल समेत गरिएको थियो ।