तस्विर : सन्दिप खत्री
कात्र्तिक २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ४ नम्बर वडाकार्यालयको आयोजनामा जारी दोस्रो अन्तर वडा फुटबल प्रतियोगितामा शुन्यको विरुद्ध ७ गोल गर्दै मातृभूमि समाज सेवा क्लब(क) फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा संयुक्त गुम्बा हात्ति डुब्बा क्लबलाई ०–७ गोलको अन्तरले मातृभूमि समाज सेवा क्लब फाइनलमा पुगेको हो । मातृभूमिको तर्फबाट ३ गोल नारायण खड्काले खेल गरेको छ । त्यसैगरी ३ गोल खम्बु राईले गरेका छन् । अर्का खेलाडी नितेश कटुवालले १ गोल गर्दै ० को विरुद्ध जम्मा ७ गोल बनाएका थिए ।
खेल अवधीभर मातृभूमिले संयुक्त गुम्बा हात्ति डुब्बा क्लबलाई दवावमा राखेका थिए । खेलको म्यान अफ द म्याच संयुक्त गुम्बा हात्तिडुब्बाले पाएका थिए ।
दोस्रो अन्तर वडा फुटबल प्रतियोगिता खेलको २८ गते शुक्रबार फाइनल हुदै छ । गत बर्ष पनि अन्तर वडा फुटबल प्रतियोगिताको आयोजना भएको थियो । खेलको प्रतियोगितामा प्रथम हुनेले १५ हजार र दोस्रो हुनेले १० हजार, मेडल र ट्रफि पाउने खेलको मुल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए ।
खेल प्रतियोगितामा वडा भरीका ८ वडा टिमले सहभागिता जनाएको छ । मातुभूमि समाज सेवा क्लब(क), धम्कुवा युवा क्लब, संयुक्त गुम्बा युवा क्लब, श्रीसमाज सेवा क्लब, हस्तिनापुर युवा क्लब, श्री मातृभूमि समाज सेवा क्लब(ख), प्रगतिशिल युवा क्लब र बयरवन युवा जमात गरी जम्मा ८ वडा टिमले सहभागिता जनाएका थिए ।