शनिबार, चैत्र १४, २०८२

मेडिकल फाउण्डेशनल अक्सिजन प्लान्ट निर्माण गरिदिने

कात्र्तिक २८ गते, पथरी । अमेरिका नेपाल मेडिकल फाउण्डेशनले मोरङको पथरीशनिश्चरे नगर अस्पतालका लागि अक्सिजन प्लान्ट निर्माण गरिदिने भएको छ ।

फाउण्डेशनका अध्यक्ष पथरीशनिश्चरे नगरपालिका स्थायी घर भई वीर अस्पताल काठमाडौंका पूर्व निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतको पहलकदमी तथा पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राई सहितको नगरपालिकाको प्रयासमा अक्सिजन प्लान्ट निर्माण गरिने भएको हो ।

पथरी नगर अस्पतालमा करीब ५० शैय्यालाई पुग्ने अक्सिजन प्लान्ट निमार्णका लागि आज फाउण्डेशनका प्राविधिकहरुले सर्भे गरेको नगर प्रमुख दिलिपकुमार राईले बताए । उनले कोरोनाको संक्रमणको अवस्थामा समेत झनै आवश्यक रहेको अक्सिजन प्लान्ट निर्माणले निकै महत्व राख्ने बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.