मंसिर १० गते, पथरी । मोरङको उत्तरपूर्वी ६ पालिकालाई समेटेर बैकल्पिक उर्जा निर्माण हुने प्लान्टका लागि स्थलगत अवलोकन भएको छ ।
बैकल्पिक उर्जा केन्द्र प्रदेश १ मार्फत निर्माणको योजना बनेको उर्जा प्लान्टका लागि पथरीशनिश्चरे नगरको फोहोर व्यवस्थापन क्षेत्र ( डम्पिङ साइट) को अवलोकन भएको हो । यसक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राई सहितका जनप्रतिनिधि र वातावरण शाखाका कर्मचारीहरुसँग टोलीले छलफल गरेको छ ।
उर्जा केन्द्रमार्फत आरइडीएस नामक संस्थाका सन्दिप दाहाल सहितको टोलीले फोहोर उत्पादनको अवस्थाका बारेमा जानकारी लिँदै कस्तो प्रकारको प्लान्ट निर्माण आवश्यक हुने भन्ने बारेमा संस्थालाई जानकारी गराउने भएको हो ।
फोहोरमैला संकलन गरी एकै ठाउँमा प्लान्ट बनाएर उर्जा उत्पादन गरिने योजनामा पथरीशनिश्चरे, बेलबारी, लेटाङ, सुन्दरहरैंचा नगरपालिका तथा कानेपोखरी र केराबारी गाउँपालिकालाई समेटिएको छ ।