मंसिर २१ गते, पथरी । १७ औं राष्ट्यि महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवशका अवसरमा पथरीशनिश्चरे नगरपालिकाले २ जना ज्येष्ठ महिला स्वास्थ्य स्वंयमसेविकालाई सम्मानित गरेको छ ।
शान्ति भूल्के सिमसार क्षेत्रमा आयोजित कार्यक्रममा सावित्रा न्यौपाने र निर्मला खतिवडालाई जनही नगद ६० हजार र सम्मानपत्रले सम्मानित गरिएको हो । सम्मान सहित न्यौपाने र खतिवडा ६० वर्ष उमेर पुगेकाले स्वंयमसेविकाको जिम्मेवारीबाट विदाई समेत गरिएको छ ।
कार्यक्रममा, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राई सहितले उनीहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मानित गर्दै उनीहरुको योगदानको उच्च मुल्यांकन गरेका थिए ।
सो अवसरमा नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडासदस्य एवम् स्वास्थ्य कर्मचारीहरुको सहभागिता रहेको थियो । २ जना स्वास्थ्य स्वयमसेविकाको विदाइपछि उनीहरुको स्थानमा नयाँ २ जनालाई नियुक्त गरी स्वागत गरिएको छ ।