वनको कार्ययोजना स्वीकृत गर्ने

मंसिर २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको बैठकले विभिन्न निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले नगर क्षेत्रका सामुदायिक वनहरुका कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।

यही मंसिर २५ देखि नगरमा सञ्चालन हुने नगरस्तरीय लिग फुटबल स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने, नगरले निर्माण गर्ने व्यवसायिक भवनको प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसँग पहल गर्ने सहितका निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताए ।

यसका साथै बैठकले, नगरको सडक क्षेत्रभित्रमा पसल, टहरा र निर्माण लगायतका सामग्री राखेमा जरिवाना गर्ने गरी राजस्व परामर्श समितिले त्यसको नीति तय गर्ने र सरकारले पछिल्लो पटक तोके बमोजिमको धानको मुल्यमा किनबेचका लागि सूचना प्रकाशन गर्ने पनि निर्णय भएको उनले बताए ।

अघिल्लो बैठकले आयोगको कामका लागि लगत संकलन, प्रमाणिकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहिजकरण गर्न नगर र वडामा समिति निर्माणको प्रक्रिया अघि बढाएको थियो ।

सम्बन्धित खवर