पुस ६ गते,पथरी । मोरङको पथरीशनिश्चरे –९, मा महिलाहरुका लागि स्वेटर, टोपी र मोजा बुन्ने तालिम सुरु भएको छ ।
वडा कार्यालयको कार्यक्रम अन्तर्गत वडास्तरीय महिला समितिको आयोजनामा सुरु तालिमको नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले आइतबार उद्घाटन गरेका छन् । तालिममा वडाका ५० महिलाको सहभगिता रहेको छ ।
यसैगरी, उपप्रमुख बास्तोलाले पथरी कृषि सहकारी सस्थाको १२ औ बाषिक साधारणसभामा बोल्दै सहकारीको उन्नतिले समाजको प्रगति हुने बताइन् । कार्यक्रममा कार्यपालिका सदस्य अरुणा राई, माया मेगी गुरुङ् लगायतले नगरपालिका कार्यालयमार्फत अपाङता भएका वडा नम्बर २ मा १ जना र ३ मा १ जनालाइ ब्लान्केट वितरण गरे ।