२ साउन, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको लागि लगभग १७ करोड ठेक्का आह्वान गरेको छ ।
वडा नम्बर ५ स्थित भौसाबारीमा निर्माण गर्न लागिएको गाउँपालिकाको प्रशासनिक भवनको प्रथम पटक २०८२÷०३÷१८ गते ठेक्काको सूचना सार्वजनिक गरेको हो । निर्माण कर्ता इच्छुक ठेकेदारहरुले २०८२÷०४÷१८ गते १२ बजे भन्दा पहिले इलेक्ट्रोनिक रूपमा पेश गर्नुपर्ने सूचना रहेको छ ।
प्रशासनिक भवन निर्माणको लागि शहरी विकास मन्त्रालयले ५ करोड ४० लाख विनियोजन गरेको छ । शहरी विकास मन्त्रालय तथा स्थानीय पूर्वाधार विकास विभागले २०८२ जेठ १२ गते पत्र पठाउँदै कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको प्रकृया अघि बढाउने बारेमा कानेपोखरी गाउँपालिका, मोरङलाई आदेश गरेको थियो । सोही आदेश बमोजिम कानेपोखरी गाउँपालिकाले प्रशासनिक भवन निर्माणको लागि ठेक्का आह्वान गरेको हो ।
२०८१ षुस १७ गते मन्त्रिपरिषदको बैठकले कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं. ६ वयरवनलाई परिवर्तन गरी वडा नं. ५ भौसाबारीमा कायम गर्ने निर्णय सार्वजनिक गरेको थियो ।