मङ्लबार, माघ २०, २०८२

कानेपोखरी गाउँपालिकाको ६७ करोड ६७ लाख ५३ हजारको बजेट सार्वजनिक

२ साउन, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड ६७ लाख ५३ हजार बजेट पारित भएको छ । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा असार ३२ गते बसेको १८ औं गाउँसभा(दोस्रो बैठक)ले सो बराबरको बजेट प्रस्तुत गरी पारित गरेको हो ।

गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुभएको थियो । पूर्वाधारतर्फ १४ करोड १७ लाख विनियोजन भएको छ । जस अन्तरर्गत १ देखि ७ सम्मको वडालाई बहुवर्षीय योजना अन्तरर्गत कालोपत्रे गर्न ५ करोड बजेट छुट्याईएको छ । जस्तैः वडा नं. १ को पुतली चोक देखि झोलुङ्गे पुल हुँदै गाडाटोल सम्मको कालोपत्रे, वडा नं. २ को धावीटोल मैनावारी सडक कालोपत्रे, वडा नं. ३ को मिलनचोक दक्षिण मंगलबारे जाने सडक कालोपत्रे, वडा नं. ४ को प्रणामीडाँडा रिमालचोकबाट हात्तिडुब्बा गैरीगाउँ सडक कालोपत्रे, वडा नं. ५ को ठुलो गाउँ –क्याम्पस डाँडा सडक कालोपत्रे, वडा नं. ६ को दही दोमान उत्तर दहीखोलामा पक्कीपुल, वडा नं. ६ र ७ को सिमाना सुकुना कल्भर्टबाट पूर्व जाने सडक कालोपत्रे र वडा नं. ७ को आइतबारे मन्दिर हुँदै ४० बिघे जहदा जोडने सडक कालोपत्रे हुने भएको छ ।

त्यस्तै सुरक्षित नागरिक आवास कार्यक्रमलाई ५० लाख, जनता आवास कार्यक्रम अन्तरगत २० लाख, खुल्ला व्ययामशाला निर्माण ५ लाख, उज्यालो कानेपोखरी कार्यक्रम ५ लाख, कब्बर्ड हल निर्माण ५ लाख, सडक हरियाली ५ लाख रुपैया विनियोजन भएको छ ।
प्रशासनिक चालु तर्फ ७ करोड ६१ लाख ८० हजार विनियोजन भएको छ । त्यस्तै शिक्षा शाखा तर्फ २ करोड १४ लाख ४९ हजार, स्वास्थ्य शाखालाई ८६ लाख, कानेपोखरी अस्पताललाई ७९ लाख, खेलकुद तर्फ ३० लाख, कृषि शाखालाई ४९ लाख ६० हजार, पशु पन्छी शाखालाई ३९ लाख, सहकारी शाखा ३५ लाख, महिला जेष्ठ बालबालिका अपाङगता विकास शाखा तर्फ ३० लाख ७५ हजार, रेमी ११ लाख, संस्कृति प्रवद्र्धनमा ५ लाख, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ ९५ लाख, सार्वजनिक सेवा तथा क्षमता विकास शाखा तर्फ १ करोड २१ लाख ५४ हजार विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँसभाले पालिकाका ७ वटै वडालाई ३० लाखको दरले सिलिङ बजेट विनियोजन गरिएको छ ।
गत असार १० गते कानेपोखरी गाउँपालिकाको १८औं गाउँसभा (पहिलो बैठक)ले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । गाउँसभाले १०४ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरे सँगै आगामी वर्षको लागि ६७ करोड २९ लाख ९६ हजार रुपैयाँको अनुमानित सिलिङ बजेट प्रस्तुत गरिएको थियो ।

सभामा आर्थिक वर्ष २०८१/८२ को कानेपोखरी गाउँपालिकाको प्रगति समीक्षा प्रतिवेदन पनि प्रस्तुत भएको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.