पुस १६ गते, उर्लाबारी । धिमाल जातीय बिकास केन्द्र केन्द्रीय समितिको ६ औं महाधिवेशन भोली पुस १७ देखि मोरङको उर्लाबारी मंगलबारे स्थित आफ्नै केन्द्रीय कार्यालयमा हुँदैछ ।
दुई दिनसम्म हुने महाधिवेशनले नयाँ कार्यसमितिको निर्वाचनहुने संस्थाको निवर्तमान महासचिव केदार धिमालले बताए । कार्तिक १३—१५ गते झापाको दमकमा आयोजित महाधिवेशनको उद्घाटन सुरुहुनु अघि नै एउटा समूहले कोरोना भइरसको कारण देखाउदै तोडफोड सुरु गरेपछि स्थागित भएको थियो ।
महाघिवेशनमा धिमालहरु दुई प्यानलमा बाडिएर उमेद्वारी घोषणा गरेका थिए । एउटा प्यानलको अध्यक्षमा कृष्ण धिमाल, सहअध्यक्ष केदार धिमाल, महासचिवमा मात्रिका धिमाल र अर्कोमा लोकबहादुर धिमाल, सह—अध्यक्षमा अमरबहादुर धिमाल, महासचिवमा कविराज धिमालको प्यानल घोषणा भएको थियो ।
कोरोना भाइरस सर्ने कारण देखाउदै उत्घाटन हुनु अघि कार्यकर्ताहरुबाट तोडफोड सुरु भएको थियो । कोरोनाको कारण देखाउदै तनाव सुरु गरेपछि प्रहरीले समेत उक्त कार्यक्रम सार्न आयोजकलाई दवाव दिएपछि स्थागित भएको थियो । यो पटक भने मिलाएर जाने प्रयास भइरहेको धिमाल जातीय विकास केन्द्रका निवर्तमान महासचिव केदार धिमालले बताए ।