नेकपा सुनबर्षी नगरमा श्याम राजवंशीको नेतृत्व, २०३ सदस्य नगर कमिटि गठन

माघ ३० गते, पथरी । मोरङको सुनबर्सी नगरमा संस्थापन पक्ष(केपी)नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनबर्षी नगर कमिटि गठन भएको छ ।

शुक्रबार भएको अगुवा कार्यकर्ता भेलाले श्याम राजबंशीको संयोजकत्वमा २०३ सदस्य नगर कमिटि चयन गरेको हो । त्यसैगरी सहसंयोजकमा प्रदीप रायमाझी र सचिवमा बिष्णु कडेल चयन भएका छन् ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटिको पनि संगठन विस्तार भएको छ । नारायण पाठकको संयोजकत्वमा २ सय २१ सदस्य नगर कमिटी गठन भएको हो । सदस्य सम्पुर्णहरुलाई शुक्रबारनै सपथ ग्रहण गराईएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेल, पर्शुराम बस्नेत, भिमराज राजबंशी, नवीन पौडेल लगायत अतिथि रहेका थिए ।

सम्बन्धित खवर