जेठ २३ गते, पथरी । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमा मोरङको पथरीशनिश्चरे –१, स्थित यलम्बर चोकमा किरात समुदायको प्रथम ऐतिहासिक राजा यलम्बरको सालिक निर्माण हुने भएको छ ।
मन्त्रालयको १५ लाख ७२ हजार ९ सय २८ रुपैयाँ ४३ पैसा बराबरको बजेटमा ८ फिट अग्लो सालिक निर्माण हुन लागेको हो ।
सालिकस्थलको जग राख्ने र पानीको फोहराको काम यो वर्ष हुने र अर्काे आर्थिक वर्षमा शालिकको काम अघि बढाउने योजना रहेको सालिक निर्माण समितिका सचिव खगेन पुलामीले बताए ।