जेठ २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले योजना तर्जुमा समितिको बैठक बसी आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा छलफल सुरु गरेको छ ।
नगर उपप्रमुख एवम् समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकमा नगरमा रहेका ६ वटा विषयत समितिका नीति, कार्यक्रम माथि छलफल सुरु गरेको हो । यस क्रममा आर्थिक विकास समितिले प्रस्तावित रुपमा अघि सारेको नीति, कार्यक्रमका बारेमा छलफल भएको छ । जसमा अर्गानिक नगर बनाउने विषय सहितका विविध योजना माथि छलफल हुन पुगेको थियो ।
त्यस अघि शनिबार विहान आर्थिक विकास समितिले वडाका कृषि सञ्जाल, सहकारी कर्मचारी र जिओ कृषि कार्यक्रम सञ्चालन गरिरहेको लुथरन सामुदायिक कल्याण समाजका प्रतिनिधिसँग छलफल गरी नीति, कार्यक्रमका लागि आवश्यक राय मागेको थियो ।
यामप्रसाद गुरागाईंको अध्यक्षतामा सम्मन्न बैठकले कृषि विकास शाखा, पशुपंक्षी शाखा, सहकारी शाखा र लघु उद्यम विकास शाखाले आआफ्ना योजना तर्जुमा गर्दै योजना तर्जुमा समितिमा पठाउने बारेमा छलफल भएको थियो ।
बाँकी विषयगत समितिका नीति, कार्यक्रममाथि छलफल गर्ने क्रममा भोली पनि योजना तर्जुमा समितिको बैठक बस्नेछ ।