असार १३ गते, बयरवन । तेक्वाण्डो खेललाई व्यवथित गर्न कानेपोखरी गाउँपालिका स्तरीय आइटिएफ तेक्वाण्डो समिति गठन भएको छ ।
शनिबार विहान गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको उपस्थितमा सवै वडाको प्रतिनिधित्वहुने गरी समिति गठन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि रहेका काफ्लेले गाउँपालिका क्षेत्रको खेलकुद विकासको लागि सुरु देखि नै प्रथामिकतामा राखेको बताए । तेक्वाण्डो खेल्ने इच्छुक युवाहरुलाई लक्षित गरी आइटिएफले गत बैशाख देखी निःशुल्क खेल सुरु गरेको थियो ।
समितिको अध्यक्षमा युवराज भुजेल रहेका छन् । त्यसैगरी उपाध्यक्षमा राजकुमारी तामाङ्ग, सचिब चुडामण्ी गुरागाई र कोषाध्यक्षमा रोशन तिम्सिना छन् । सदस्यहरूमा सुरज तामाङ्ग, मुकेश गौतम, मौसम राजवंशी, दिपक शर्मा फुयल, भरत थापा र इन्दिरा थापा रहेका छन् ।
गाउँपालिका उपाध्यक्ष राजकुमारी इङ्नाम, वडाअध्यक्ष सुशिल बुढाथोकी, चरन गुरुङ, खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी, आइटिए तेक्वाण्डोका प्रदेश १ का अध्यक्ष प्रविण काकी, केन्द्रीय सदस्य चतुरलाल चौधरी, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयल अतिथि रहेका थिए ।