साना किसानद्धारा फलफूलको विरुवा वितरण

असार २१ गते, रमाइलो । साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्य कृषकहरुलाई फलफूलको विरुवा वितरण गरेको छ ।

संस्थाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई आँप, लिची र कागतीको विरुवा वितरण गरेको हो । कानेपोखरी गाउँपालिकाको अनुदानमा ५ सय कागती, २ सय ५० आँप र २ सय ५० लिची वितरण गरिएको संस्थाकी व्यवस्थापक विमला विष्ट थापाले बताइन् ।

मोरङको कानेपोखरी–६, रमाइलोमा रहेको संस्थाले कृषकहरुलाई धानको विऊ, घासको विऊ, मौसम अनुसारको विरुवाहरु यस अघि देखि नै वितरण गर्दै आएको छ । डिएपी, युरिया र पोटास जस्ता मल पनि विक्रि वितरण गर्दै आएका छन् ।

सम्बन्धित खवर