शनिबार, चैत्र १४, २०८२

सिलाई कटाई तालिम पछि ५० प्रतिशत साझेदारीमा सिलाई मेसिन प्रदान

असार २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा लघु उद्यमीको विकासका लागि आवश्यक सामग्री समेत प्रदान गरेर चालु आर्थिक वर्षका तालिम सम्पन्न भएका छन् ।

नगरको लघु उद्यम विकास शाखाको आयोजनामा महिला उद्यमी विकासका निम्ती वडा नम्बर २ मा १६ जनाका लागि ६५ दिने आधारभूत र १५ जनाका लागि ३० दिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिममा सहभागि सवैका लागि ५० प्रतिशत साझेदारीमा सिलाई मेसिन उपलब्ध गराइएको छ ।

वडा नम्बर ७ स्थित किर्तिपुरमा ढाका वार्पिङ सम्बन्धी स्तरोन्नती सम्बन्धी ९ जना महिलाका लागि १५ दिने आधारभूत र १६ जनाका लागि एडभान्स तालिम सम्पन्न भएको छ । जसमा, एउटा वार्पिङ मेसिन, ६ वटा सिलाई मेसिन र ६ वटा इन्टरलक मेसिन प्रदान भएको लघु उद्यम कार्यक्रम सहजकर्ता भगवती कटुवालले जनाए ।

यसैगरी, लघु उद्यम कार्यक्रम अन्तर्गत नै वडा नम्बर २ मा १२ जना बंगुरपालकका लागि १२ वटा वंगुरका पाठा वितरण गरिएको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, ७ नम्बर वडाध्यक्ष कपिलमणि ढकाल, कार्यपालिका सदस्य अरुणा राई, लघु उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहाल सहितले तालिममा सहभागिलाई सम्बन्धित सामग्री वितरण गर्दै उद्यमी बन्ने कुरामा नगरले सधैं साथ सहयोग प्रदान गर्ने वताए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.