वनको खालि जग्गामा ११ हजार विभिन्न जातको विरुवा रोपिन्दै

असार ३१ गते, आइतबारे । मोरङको कानेपोखरी गाउँपालिकामा क्षेत्रमा रहेको ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहले खाली जग्गामा विभिन्न जातका ११ हजार २ सय विरुवा रोप्ने काम सुरु गरेको छ ।

बुधबार एक कार्यक्रम आयोजना गरी गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्ले विरुवा रोप्ने कार्यक्रमको उद्घाटन गरेको हो । उपभोक्ता समितिले वनको क्षेत्र नं. ३ समूहको खाली जग्गामा बृक्षारोपणको काम सुरु गरेको छ ।

वनको सात हेक्टर जग्गामा बिरुवा रोप्ने काम सुरु भएको छ । उक्त क्षेत्रमा टिक, जमुना, सिरिस, मसला, फरिन, बेल, चाँप, रुद्राक्ष, अम्बा जातको ११ हजार विरुवा रोपिने भएको हो । वृक्षारोपणको लागि २१ लाख खर्चको योजना रहेको ग्रामिण सुधार सामुदायिक वनका अध्यक्ष नविन राईले बताए ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले गाउँपालिले वन ऐन निर्माण गरी सकेको बताउँर्दै विरुवा जोगाउँने कार्यक्रमा लाग्न उपभोक्ताहरुलाई अनुरोध गरेका थिए । विशेष अतिथि डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र प्रसाद शाहले विरुवा चाँडो बढाउन मल्टी भिटामिन दिन र वृक्षारोपण क्षेत्रमा दाल जातको खेति लगाए उत्तम हुने सुझाँव दिएका छन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता वन महासंघको १ नम्बर प्रदेश समिति सचिव अग्नि पौडेल, मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राईले शुभकामना मन्तव्य दिएका थिए ।

ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवीन राई, सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलसी लाल यादव, राजनीति दलका प्रतिनिधि लगायतको उपस्थितिमा वृक्षरोपण सुरु भएको थियो ।

उद्घाटन कार्यक्रमको सभापतित्व ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूह ३ नम्बर क्षेत्रीय समितिको संयोजक शेरबहादुर लम्बूले गरेका थिए । वृक्षारोपणको लागि झाँडी सफाई, रुखको पुरानो जरा उखल्ने, जोत्नुको साथै कंक्रिटको पिलरको खम्बा र जालिले सात हेक्टर क्षेत्र घेराबारा गरिएको छ ।

 

सम्बन्धित खवर