एस्ट्राजेनेका र भेरोसेलको दोस्रो खोप कानेपोखरीमा आजबाट लगाइदै

राजकुमारी तामाङ
भदौ ११ गते, पथरी । यस अघि कोभिसिल्ड र भेरोसेल पहिलो मात्रा लगाएको सम्पूर्ण जेष्ठ नागरिक तथा अन्य व्यक्तिहरुलाई एस्ट्राजेनेका र भेरोसेलको दोस्रो मात्रा खोप लगाइने भएको छ ।

कानेपोखरीको ७ वटै वडाबाट पहिलो मात्र लगाएका सम्पूर्णलाई खोपकार्डको आधारमा एस्ट्राजेनेका र भेरोसेलको दोस्रो मात्रा खोप आज शुक्रबारबाट लगाइने भएको हो । पहिलो खोप लगाएको व्यक्तिले खोप कार्ड नभएमा दोस्रो मात्राको खोप लगाउन पाउने छैन ।

एस्ट्राजेनेका दोस्रो खोप लगाउने बारेमा विहिबार गाउँपालिकाले सूचना प्रकाशन गरेको छ । शुक्रबार एस्ट्राजेनेका खोपको लागि विहान १०ः ३० बजेदेखी वडा नंं १,२, ३ र ४ नम्बर वडामा खोप लगाइने छ । त्यसैगरी शनिबार १०ः३० बजेदेखी वडा नं. ५,६ र ७ नम्बर वडामा खोप लगाइने भएको छ । वडा नं. ४ मा कानेपोखरी अस्पताल बयरवन, वडा नं. ५ र १ मा स्वास्थ्य चौकीमा र अन्य वडाकार्यालयबाट खोपलाइने भएको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

त्यसैगरी भेरोसेल दोस्रो खोपको लागि बुधबार वडा नं. १, २, ३ र र ४ नम्बर वडामा १०ः३० बजेदेखी लगाइने भएको छ । त्यसैगरी विहिबार वडा नं. ५, ६ र ७ नम्बर वडामा खोप संचालन गर्ने स्वास्थ्य संयोजक राजभण्डारीले बताए ।

सम्बन्धित खवर