अनेमा संघको वडा नम्बर १ कमिटी गठन, अध्यक्षमा शान्ता लिम्बु

असोज ३ गते, बयरवन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटिले वडा नं. १ को वडा कमिटि गठन भएको छ ।

शनिबार भएको भेलाले आन्ता लिम्बुको अध्यक्षतामा ३१ सदस्य वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा मेनुका घिमिरे, सचिवमा विजता खड्का, सहचिवमा उर्मिला फुयल र कोषाध्यक्षमा प्रमिला हेमरम रहेका छन् । त्यसैगरी सदस्यहरुमा गिता गुरागाई, मान्को मरण्डी,राधा चौधरी,सुरका चौधरी, दुर्गा पौडलेल लगाएत छन् ।

कार्यक्रमको प्रमुख अतिथि एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम रहेका थिए । कार्यक्रमको सभाध्यक्ष कमिटिका अध्यक्ष मुना श्रेष्ठले गरेकी थिइन् भने संचालन सचिव खिना दाहालले गरेका थिइन्।

 

सम्बन्धित खवर