बिहिबार, जेष्ठ १४, २०८३

कानेपोखरीमा तीनदिने ‘विद्यार्थी प्रतिभा पहिचान’ कार्यक्रम सम्पन्न

१४ जेठ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले चारवटा विद्यामा तीनदिने गाउँपालिका स्तरीय ‘विद्यार्थीहरुको प्रतिभा पहिचान’ कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं. ५ स्थित सिंहदेवी माविको व्यवस्थापनमा विद्यालयको प्राङ्गणमा बुधबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता जेठ ११ गतेदेखी १३ गते सम्म रहेको थियो ।

कानेपोखरी गाउँपालिका स्तरीय अन्तर विद्यालय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत तेस्रो दिन नृत्य प्रतियोगिता रहेको थियो । नृत्य प्रतियोगितामा पिनाकल ज्ञान मन्दिर स्कुल प्रथम भएका थिए । त्यस्तै माउन्ट हर्मोन स्कुल दोस्रो र पर्ल एकेडेमी स्कुल तृतीय भएका थिए । त्यस्तै सान्त्वनामा सिंहदेवी मावि र जेनिथ इङ्लिस स्कुल थिए ।

सामूहिक नृत्यमा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १२ हजार ५ सय र तेस्रो हुनेलाई १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै गायन तर्फ माउन्ट हर्मोन स्कुल प्रथम, आदर्श इङ्लिस स्कुल द्वितीय र स्माल हेभेन स्कुल तृतीय भएका थिए । गायन तर्फ प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई ३ हजार पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै अभिनय प्रतियोगितामा सिंहदेवी मावि प्रथम, माउन्ट हर्मोन स्कुल द्वितीय र मकालु मोरङ स्कुल तृतीय भएका थिए । अभिनय तर्फ प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई ३ हजार पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै हाजिरीजवाफ प्रतियोगिता तर्फ रमाइलो बाल जगत स्कुल प्रथम, सिंहदेवी मावि द्वितीय र जनसेवा मावि तृतीय भएका थिए । हाजिरीजवाफ प्रतियोगिता तर्फ प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १२ हजार र तेस्रो हुनेलाई ९ हजार पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष चरण गुरुङ पनि उपस्थित रहेको थियो । प्रतियोगिता अवधिभर गाउँपालिका शिक्षा शाखा प्रमुख चुडामणी रेग्मी, रमेश काफ्ले र धर्मराज थापा प्रमुख भूमिकामा रहनुभएको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.