असोज ४ गते, पथरी । पथरी उद्योग वाणिज्य संघको सदस्य तुलशी लुनीयालाई उनी सम्बद्ध नेकपा (माओवादी केन्द्र)ले सम्मान गरेको छ ।
लुनीयालाई माओवादी केन्द्र पथरीशनिश्चरेले सोमबार पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी सम्मान पत्र र दोसल्लाह ओढाएर सम्मान गरेका थिए । लुनीयालाई पथरीको मोरङ अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी डा. उमेश गुरागाईले दोसल्ला ओढाएका थिए ।
लुनीया माओवादी केन्द्रबाट संयुक्त प्यानलका अध्यक्षमा बिजय भएका धनकुमार तामाङ सहित सदस्य जितेका हुन् । गठबन्धनमा माओवादी केन्द्रले उपाध्यक्ष, सचिव लगायतको ४ वटा पदमा उमेद्वारी दिए पनि लुनीयाले मात्र जितेका हुन ।
पथरी उद्योग वाणिज्य संघमा सदस्य जितेका लुनीया सूचना प्रविधि सम्बन्धी अध्ययन गर्दै आएका विद्यार्थी हुन् । सम्मानित लुनीयाले चाँडै पथरी उवा संघको वेवसाइट निर्माण गरेर संघको क्रियाकलापलाई विश्वब्यापी बनाउन लागि पर्ने बताए । उनले वाणिज्य संघमा रहेका उद्योगी, ब्याबसायीलाई प्रविधि मैत्री बनाउन पहल गर्ने बताए ।
पार्टीको कार्यवाहक अध्यक्ष प्रेम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर इन्चार्ज दिनानाथ तिम्सिना, सहइन्चार्ज बालकुमार मगर लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।