वडा नंं. ५ सेमीफाइनलमा प्रवेश

असोज २२ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिमा जारी ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा ५ नं. वडा विजय हुँदै सेमीफाइनलमा पुगेको छ ।

विहिबार भएको खेलमा वडा नं. ४ लाई शुन्यको विरुद्ध १ गोल गर्दै वडा नं ५ सेमीफाइनलमा पुगेको हो । वडा नंं ५ को तर्फबाट सुजन लिम्बुले लगाएको १ गोलले नै खेलको छिनोफानो गरेको थियो । वडा नं. ४ को तर्फबाट खेलाडीहरुले धेरै पटक गोल लगाउने प्रयास गरेता पनि असफल भएका थिए ।

खेलको म्यान अफ द म्याच सुजन लिम्बुनै घोषित भए । म्यान अफ द म्याचको पुरस्कार केदार लुइटेलले प्रायोजन गरेका थिए । खेलमा १ देखी ७ सम्मको वडा र आयोजक गरी जम्मा ८ टिम सहभागी भएका छन् ।

खेलमा पहिलो हुनेले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । आज शुक्रबार वडा नं. ३ र १ बिच खेल हुने भएको खेल संयोजक असोक फुयलले बताए ।

सम्बन्धित खवर