कात्र्तिक १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका गणकहरूका लागि दोस्रो चरणको जनगणना अन्तरगत मुख्री प्रश्नावलीको विवरण भर्ने बारे ४ दिने तालिम सुरू गरिएको छ ।
पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले पथरी क्याम्पसमा उद्घाटन गरेका छन् । तालिममा पथरीशनिश्चरेका ८० र कानेपोखरीका ४७ गरि १२७ जनाको सहभागिता रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय मार्फत पथरी शनिश्चरे इकाईले अघि बढाएको तालिममा पथरी शनिश्चरे नगर उपसचिव शालिग्राम काफ्ले, अधिकृत नवीन बुढाथोकी, कर्मचारीहरू सविना राई, गुणराज थापा सहितले सहजिकरण गरेका छन् ।