गरिव बस्तीमा मदन भण्डारी स्पोर्टस टिमको न्यानो कपडा वितरण

मंसिर २४ गते, पथरी, मोरङ । मदन भण्डारी स्पोर्टस एकेडेमी कानेपोखरीले निम्न वर्ग तथा गरिव बस्तीका घरपरिवारलाई जाडो छेक्ने न्यानो कपडा वितरण गरेको छ ।

शुक्रबार कानेपोखरी गाउँपालिका वडा नम्बर १ मा एक कार्यक्रमको आयोजना गरी गरिव बस्तीका १० घरपरिवारलाई न्यानो कपडा कमल, म्याड र १ बोरा भुजा वितरण गरेको हो । नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरी गाउँ अध्यक्ष सुशिल बुढाथोकी, मदन भण्डारी स्पोर्टस एकेडेमीका जिल्ला अध्यक्ष भूपाल श्रेष्ठ, स्पोर्टस एकेडेमीका कानेपोखरी अध्यक्ष जीवन सुब्बा मिभक, उपाध्यक्ष लोक मगर लगाएतले हस्तान्तरण गरेका थिए ।

एकेडेमीले एक कार्यक्रमको आयोजना गरी बाबुराम मरण्डी, सुरुपा टुडु, विजुलाल टुडु, सनमुनी वासेक, सिताराम यादव, लुखीराम मुर्मु, दुखी हेम्वरम, कपु मरण्डी र जुहन किस्कुको परिवारलाई १ थान कमल, १ थान म्याड र १ बोरा भुजा प्रदान गरेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरी गाउँ अध्यक्ष सुशिल बुढाथोकी, मदन भण्डारी स्पोर्टस एकेडेमीका जिल्ला अध्यक्ष भूपाल श्रेष्ठले मन्तव्य दिएका थिए ।

कार्यक्रममा १ नम्बर वडाका एमाले नेता चन्द्र मगर, दिपक तिवारी र एकेडेमीका उपाध्यक्ष प्रमोद ठाकुर र कोषाध्यक्ष उदिप लिम्बुको उपस्थितमा वितरण गरिएको थियो । सचिव राजकुमारी तामाङको संचालन रहेको थियो भने अध्यक्षता जीवन सुब्बा मिभकले गरेको थियो ।

 

सम्बन्धित खवर