फोनिज मोरङद्धारा ३ जना पूर्व अध्यक्षलाई सम्मान

मंसिर २८ गते, कानेपोखरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको पाँचौ जिल्ला अधिवेशनले तीन जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ ।

सोमबार  कानेपोखरी–७, स्थित कानेपोखरीको नलिन होटलमा भएको अधिवेशनका फोनिज मोरङको प्रथम जिल्ला अध्यक्ष हाल फोनिज १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्मेली राई, फोनिजको दोस्रो अध्यक्ष भक्तशेर लिम्बु र तेस्रो अध्यक्ष उत्तम बान्तावा राईलाई सम्मान गरेको हो ।

उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथि ताराबहादुर काफ्ले र सभाध्यक्ष अध्यक्ष दिनेश सुब्बा मिभकले सम्मान पत्र र दोसल्लाले सम्मान गरेको थियो । पत्रकारिताको माध्यमबाट आदिबासी पत्रकार र समुदायमा उच्च योगदान गरेको भन्दै दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

अधिवेशन खुल्ला सत्रमा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेले देश, प्रदेश र स्थानीय बिकास र संमृद्धिको लागि कलम चल्नु पर्ने बताए । पत्रकारहरुले नियतबस कलम नचलाएर तथ्यको आधारमा समाचार लेख्न आग्रह गरे । प्रमुख काफ्लेले पालिकामा लिम्बू, धिमाल, राजवंशी, गुरुङ, माझी, राई, तामाङ भाषा बिकासको लागि प्रयास गरिरहेको बताए ।

कानेपोखरीमा कालिकोशीबाट २ हजार बिगाहा जग्गा सिंचाइ गर्दै आएको, कानेपोखरी लगायतको पर्यटकीय क्षेत्र विकासको प्रयास भइरहेकोले पत्रकारहरुले प्रचार गरेर सहयोग गर्न अनुरोध गरे । उद्घाटन पछि कानेपोखरी पोखरी पर्यटकीय क्षेत्रको सवै पत्रकारहरुले अवलोकन गरेका थिए । अवलोकनको क्रममा कानेपोखरीको ऐतिहासिक कानेपोखरीबारेमा ५ नम्बार वडा अध्यक्ष चरन गुरुङले पत्रकारहरुलाई बताएका थिए । कार्यक्रम अनिल श्रेष्ठले सञ्चालन गरेका थिए ।

 

 

 

सम्बन्धित खवर