माघ २४ गते, पथरी । माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन मोरङका जिल्ला उपाध्यक्ष तथा माओवादी केन्द्र पुर्ब जिल्ला सदस्य फौदराज खड्का माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका छन् ।
खड्का सँगै नेकपा कालिन पथरीशनिश्चरे ८ का वडा कमिटी सचिब पुर्ण खजुम, माओवादी मजदुर नेता तेजेन्द्रराज भण्डारी पनि माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेको हो । उनिहरुले माओवादी केन्द्रले स्थानीय स्तरको जनताको कुनै काम गर्न नसकेको भन्दै असन्टुष्टी जनाउँदै माओवादी परित्याग गरेको बताए । उनिहरु सवै पथरीशनिश्चरे नगर निवासी हुन । शनिबार पथरीमा एक कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन ।
उनिहरुलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नं. ३ का सासद भानुभक्त ढकालले स्वागत गरेका थिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज बिनोद ढकालले, केन्द्रिय सदस्य युवराज बास्कोटा, एमाले नेता ताराबहादुर काफ्ले, जिल्ला सचिव रुपेश खतिवडा पनि एमाले प्रबेश गरेकाहरुलाई स्वागत गरेका थिए ।
यस अघि पनि एकीकृत अखिल नेपाल शिक्षक संगठन कानेपोखरी गाउँपालिका सिङ्गो कमिटि एमालेमा प्रवेश गरेको थियो ।