कुमार खड्का
फागुन ४ गते, उर्लाबारी । मोरङ उर्लाबारीका स्थानियले मानव जीवनको मृत्यु पछिको अन्तिम सस्कार गर्ने व्यवस्थीत आर्यघाट निर्माणका लागि ४ विघा जमिन स्थानिय सरकारलाई दिएका छन् ।
२०३६ सालदेखी जोतभोग गर्दै आएका स्थानिय ३५ जना जग्गाधनीहरुले नगरपालिकालाई व्यवस्थित बक्राघाट निर्माणका जग्गादिन तयार भएपछि उर्लाबारीमा जिल्लाकै ठुलो र व्यवस्थित आर्यघाट बन्ने भएको हो । घाट निर्माणका उर्लाबारी नगरपालिकाको टोली र स्थानिय जग्गादाताहरुको उपस्थितिमा बुधबार ४ विगाहा जग्गा छुट्टाएर डिपिआरको लागि प्रक्रिया अगाडी बढाइएको जग्गा व्यावस्थापन समितीका संयोजक विनोद दाहलले बताए ।
उर्लाबारीमा व्यवस्थित घाट नहुदा पुर्वपश्चिम राजमार्ग सँगै जोडिएको स्थानमा शव जलाउने र उपस्थित मलामीका कारण बाटोमा यात्रा गर्नेहरुले समेत सास्ती खेप्दै आएको देखेर आफुले चर्चेको जमिन भएपनि सवैको सहजताका लागि नगरप्रमुखको अनुरोध अनुसार पालिकालाई जमिन दिएको स्थानिय जग्गादाता गोपाल कटुवाल बताउछन् ।
बक्रा नदीमा दैनिक औसत ३÷४ वटा शव अन्त्येष्टिका लागि ल्याउने गरीएको भएता पनि व्यवस्थित घाट नहुँदा जथाभाबी रुपमा शव जलाउनाले नदी किनारमा बसोवास गर्ने समुदायको जनस्वास्थ्यमा असर पर्नुका साथै नदीको शौन्र्दयता र बरीपरीको वतावरण समेत दुषित र दुर्घन्धीत बनेको देखेपछि नगरपालिकाको अनुरोधमा जग्गा दिन तयार भएको अर्का स्थानिय जग्गादाता लोकबहादुर कटुवालको भनाई छ ।
उर्लाबारी नगरपालिकाको गौरबको योजनाका रुपमा लिएको बक्राघाट निर्माणको काम जग्गा अभावका यस अघि अगाडी बढ्न सकेको थिएन् । यसपटक भने स्थानियहरुले जग्गादिन सहमत भएपछि व्यवस्थित घाट निर्माणको प्रक्रियामा नगरपालिका लागेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको भनाइ छ ।
मेयर फागोका अनुसार–उर्लाबारीको बढ्दो जनसख्या र जनघन्तवलाई मध्यनजर गर्दै आगामी १ सय वर्ष सम्मका लागि सहज हुने गरीको सात वटा साधरण प्रकारको र ३ वटा विधुतीय शव जलाउने स्थान सहितको किरियापुत्री वस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैचा निर्माण र प्रसस्त पार्कीङ सहितको आधुनिक बक्राघाट निर्माण हुने उनले बताए ।
नगरपालिकाले व्यवस्थित घाट निर्माणको प्रक्रियालाई अगाडी बढाउन ७० लाख रुपैया विनियोजन गरेको छ । विनियोजित रकम बाट घाट निर्माणको काम अगाडी बढाउने र क्रमागत रुपमा विकास गर्दै आधुनीक घाट निर्माण गरी नदी किनारको पर्यावरण र जनस्वास्थयमा परेको असरलाई न्युनिकण गर्ने लक्ष्य नगरपालिकाको रहेको छ ।