१ नम्बर प्रदेशको नाम “कोशी प्रदेश” राख्दा हुन्छ- अध्यक्ष ओली

फागुन २१ गते, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम ‘कोसी’ राख्नु पर्ने बताए । उनले ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको भन्दै नाम राख्न नसकेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ । प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने उनले जिकिर गरे ।

शनिबार गृह जिल्ला झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले जातीय नामकरणले प्रदेशमा सबैको पहिचान र इतिहास नसमेटिने बताए ।

अध्यक्ष ओलीले थरका पछाडि सभ्यता र इतिहास भएपनि प्रदेश १ का लागि कोसी सभ्यताभन्दा अर्को कुनै सभ्यता र इतिहास पुरानो हुन नसक्ने दाबी गरे ।

‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको । कोसी सभ्यताबाट उठेको । कोसीबाट सिञ्चित हाम्रा रगतमा कोसीको पानी छ । हाम्रा रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी, मकालुको पानी छ, ’ ओलीले भने,‘त्यहाँबाट रसाएको, सिञ्चित भएको । सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरु कोसी प्रदेश राख्न नसके– ओलीथर राख्नुपर्छ, गौतमथर राख्नुपर्छ । यो सभ्यता हो ?’

ओलीले यसका लागि प्रेस चौतारी आबद्ध पत्रकारलाई वातावरण बनाउनेगरी कलम चलाउन आग्रह गरे ।

सम्बन्धित खवर