उपप्रमुख सहित न्यायिक समितिका सदस्य सम्मानित

बैशाख ५ गते, पथरी । न्याय सम्पादनमा जिल्ला हुदै प्रदेश १ मै उत्कृष्ट बनेका पथरीशनिश्चरे नगरपालिकाका न्यायिक समितिलाई कानेपोखरी मिडिया प्रालिले सम्मान गरेको छ ।

आइतबार एक कार्यक्रमविच न्याय समितिलाई सम्मान गरेको हो । कार्यक्रममा, नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्ट र कानेपोखरी मिडिया प्रालिका अध्यक्ष दिनेश सुब्बाले नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोला, न्यायिक समिति सदस्य भदमान विश्वकर्मा र पर्शुराम न्यौपानेलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका थिए ।

जनप्रतिनिधि भई आफ्नो ५ बर्षे कार्यकाल सकिनै लाग्दा २२ सय भन्दा बढी विभिन्न प्रकारका मुद्दाहरु सहज सम्पादन गरेका थिए । यस अघि जिल्लामा उत्कृष्ट भएका न्यायिक समिति पछिल्लो समयमा १ नम्बर प्रदेशमै उत्कृष्ट बनेका थिए ।

मिडिया प्रालिले पत्रकारिता सिक्न इच्छुकका लागि विकास पत्रकारिता, मल्टिमिडिया तथा कानूनी सचेतना सम्बन्धि ४ दिने तालिम प्रदान गरेको छ । तालिमको सन्दर्भ जोडेर समितिलाई सम्मान गरेको थियो ।

सम्बन्धित खवर