भदौ १९ गते, बेलबारी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले मोरङ ३ (क) बाट प्रत्यक्षमा ११ र समानुपातिकमा पनि ११ जनाले आकांक्षी देखाएको छ ।
बेलबारीको पार्टी कार्यालयमा शनिबार नेकपा(एमाले) मोरङ ३ (क) को प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकमा उम्मेदवारीको आकांक्षीले आफ्नो नाम दर्ज गराएको हो । बैठकमा प्रत्यक्ष र समानुुपातिकतर्फ उमेद्वारको आकांक्षा राख्ने जती सवैले औपचारिक रोस्टरमा आफ्नो उम्मेदवारी दर्ज गराएका थिए ।
प्रदेशको प्रत्यक्ष तर्फ युवराज बास्कोटा, रामकुमार बस्नेत, ताराबहादुर काफ्ले, देवराज भण्डारी, दिलिपकुमार राई, पर्शुराम मिश्र, विजय डाँगी, मोहनकुमार न्यौपाने, भगतचन्द्र थपलिया, नरेन्द्रबहादुर खड्का, रवीन थापाले उम्मेद्वारी दर्ज गराएका छन् ।
समानुपातिकतर्फ उम्मेदवारी डम्बर चोङबाङ, पार्थबहादुर बुढाथोकी, रमेशकुमार दाहाल, निर्मला गदाल विश्वकर्मा, यशोदा लिम्बू, यमुना विष्ट बास्तोला, रोमान्सी धिमाल, भद्रमान घिमिरे विश्वकर्मा, केशरकुमार गुरुङ, धनबहादुर लिम्बु र नीता कुलङ् राई दिएका छन् ।