एनप्याब्सनद्धारा हाजिरीजवाफ प्रतियोगिता, प्रथम बालज्योती

भदौ २८ गते, कानेपोखरी । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन) कानेपोखरीले पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

मंगलबार रमाइलो जनएकता हलमा भएको अन्तर विद्यालय आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बालज्योती बोर्डिङ स्कुल प्रथम भएको छ । त्यसैगरी द्धितीय पिनाकल ज्ञान मन्दिर स्कुल र तृतीय जनसेवा मावि भएका छन् ।

प्रथम, द्धितीय र तृतीय हुनेले ट्रफि, मेडल र प्रमाण पत्र पाएका छन् । उनीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, एनप्याब्सन प्रदेश उपाध्यक्ष सुनिलदत्त अधिकारी र कानेपोखरी शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्लेले पुरस्कार प्रदान गरेका थिए ।

प्रथम बालज्योती बोर्डिङ स्कुल १५५, द्धितीय पिनाकल ज्ञान मन्दिरले १५० र तृतीय जनसेवा माविले १४० अंक प्राप्त गरेका एनप्याब्सन कानेपोखरी गाउँ कमिटी अध्यक्ष राजेश कार्कीले बताए । प्रतियोगितामा ८ राउण्ड चलेको थियो भने अन्तमा अबजेटीभ राउण्ड भएको थियो ।

पालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी जम्मा १८ वटा विद्यालयले सहभागिता जनाएको थियो । जनकल्याण मावि, सगरमाथा इङ्लिस स्कुल, सिंहदेवी मावि, मोरङ मक्कालु, आर्दश इङ्लिस स्कुल, सर्चलाइट स्कुल, जनसेवा मावि, जेनिथ इङ्लिस स्कुल, रमाइलो बालजगत, मास्टर भिजन, पिनाकल ज्ञानमन्दिर, बाल सेकेन्डरी स्कुल, पर्ल एकेडेमी, माउण्ट हमर्न, शिक्षा विकास स्कुल, बालज्योती, शिक्षा सदन र स्मल हेभन स्कुलले सहभागीत जनाएको थियो ।

राजेश कार्कीको सभापतीत्वमा भएको कार्यक्रममा विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सचिव महेन्द्र बोहोराले कार्यक्रम संचालन गरेका थिए ।

प्रथम बालज्योती

द्धितीय पिनाकल

तृतीय जनसेवा

सम्बन्धित खवर