गाउँपालिकाद्धारा बिद्यार्थीलाई न्यानो कपडा स्वेटर बितरण

पुस २९ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले सामुदायिक बिद्यालयका बालबालिकालाई न्यानो कपडा स्वेटर बितरण गरेका छन् ।

शुक्रबार वडा नं. १ स्थित श्रीमाबि होक्लाबारीका ७५ जना र सिद्धार्थ आधारभूत विद्यालयका १५ जना बिद्यार्थीलाई न्यानो कपडा स्वेटर बितरण गरेको हो । त्यसैगरी बिहिबार वडा नं. १ को सगरमाथ आधारभूत बिद्यालयका ३५ जना बालबालिकालाई न्यानो कपडा स्वेटर बितरण गरिएको थियो ।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले बिद्यालयमा गई बितरण गरेको थियो । बितरण कार्यक्रममा वडाध्यक्ष रत्नबहादुर कार्की र वडा सदस्यहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खवर