रेडस्टार स्कुलको वार्षिक उत्सवमा पुरस्कार र सम्मान

माघ २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयले बिभिन्न विद्यामा सम्मान, पुरस्कार वितरण गरी २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

शनिबार विद्यालयले स्कुलको पूर्ब सञ्चालक, शिक्षक, कर्मचारी लगायतलाई सम्मान, गत शैक्षिक सत्रको परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथै पूर्व संचालकलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले नाटक, गीत, नृत्य लगायतको सांस्कृतिक कार्यक्रमले मनोरञ्जन दिएका थिए ।

ब्रिटिस काउन्सिलबाट इन्टरनेशनल स्कुल अवार्ड (क्ष्क्ब्) प्राप्त गरेको रेडस्टारले वार्षिकोत्सवको अवसरमा २०५२ सालमा लोटस बोर्डिङ स्कुल स्थापना गरेका अशोक साम्पाङ राईलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ । लोटस बोर्डिङ स्कुललाई नै नाम परिवर्तन गरेर रेडस्टार बनाइएको थियो । त्यस्तै भुवानेश्वर पोखरेल, दिपेन्द्र बस्नेत, दिपा मगरलाई पनि रेडस्टारले सम्मान गरेको छ । यस बर्षको उत्कृष्ट शिक्षकको रुपमा दिलसरी राई र कर्मचारी गोबिन्दप्रसाद लुइटेल सम्मानित गरेका थिए ।जीवन बरालद्वारा लिखित तथा निर्देशित नाटक ‘श्रवणकुमार’ र कचहरी नाटक ‘ईच्छा’ प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरुबाट साकेला, धिमाल र कौडा नृत्य प्रस्तुत गरेर उपस्थित अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु असुतोष ढुङ्गाना, प्रियकां गुरुङ, एलिसा राई, अजय लिम्बू, संकल्प मिश्र लगायतबाट कविता वाचन भएको थियो । बार्षिकोत्सव कार्यक्रम आइतबारसम्म चल्ने छ ।

कार्यक्रम विद्यालयको प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टीएन तिम्सिनाको सभापतित्वमा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो रहेका थिए । कार्यक्रममा पथरीशनिश्चरे नगरको शिक्षा विभाग अधिकृत नवीन खुलाल, पश नपा ८ नं. वडा अध्यक्ष नवीनजंङ्ग कार्की, प्याब्सनको पूर्ब नगर अध्यक्ष उपेन्द्र कंडेल लगायतको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टीएन तिम्सिनाकले प्रगति वितरण तथा भावि योजना प्रस्तुत गरेका थिए । रेडस्टार अंग्रेजी स्कुलले शैक्षिक गुणस्तर प्रदान गर्नुको साथै खेलकुद, सामाजिक क्षेत्र लगायत अतिरिक्त क्रियाकलापमा समेत उत्कष्टता हासिल गर्दै आएको छ ।

सम्बन्धित खवर