कानेपोखरी अस्पतालको स्थापना दिवसमा ८ जनालाई सम्मान

विद्यानन्द चौधरी

फागुन २८ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकाको छैटौं र कानेपोखरी अस्पताल, बयरवनको प्रथम स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

शनिबार कानेपोखरीको अस्पतालमा सम्पन्न कार्यक्रममा स्वास्थ्य चौकीबाट अस्पताल हुँदा सम्म योगदान गर्नुहुने र अस्पताललाई जग्गा दान गर्नुहुनेलाई व्यक्तित्वलाई सम्मानित गरिएको हो ।

साबिक बयरवन स्वास्थ्य चौकीबाट कानेपोखरी अस्पतालमा स्तरोन्नति भैसकेको छ । उतिखेर १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनु हुने स्वर्गीय सनकसिंह भट्टराईका बुहारी तारा भट्टराई थापा र छोरा पुष्पेन्द्र भट्टराईलाई कदर–पत्रले सम्मान गरिएको छ । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्ना र उपाध्यक्ष भोल प्रसाद अधिकारीले सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष ताराबहादुर काफले, ४ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष धनबहादुर राई, ४ नम्बर वडाका निवर्तमान वडा सदस्य रोशन लामिछाने गुरुङलाई पनि सम्मान गर्ने कार्यक्रम रहेता पनि उहाँहरु कार्यक्रममा अनुपस्थित रहनुभएको थियो । त्यसैगरी ४ नम्बर वडाका निवर्तमान वडा सदस्य शिवप्रसाद दुलाल, तत्कालीन वडा सचिव गीता भट्टराई राईलाई कदर–पत्रले सम्मान गरिएको थियो । त्यसैगरी उक्त अस्पतालको उत्कृष्ट कर्मचारीको रुपमा सुरक्षा गार्ड थिरबहादुर कटुवाललाई पनि सम्मान गरिएको थियो । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्ना र उपाध्यक्ष भोल प्रसाद अधिकारी र वडा अध्यक्ष रमेश राउतले सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा अस्पतालका प्रमुख डा. अभिजितले अस्पतालको विगत र वर्तमान कार्य सम्पन्न गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्ना, विष्टि अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारी, विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरे रहेका थिए । अतिथिहरु वडा नं. ३ वडा अध्यक्ष गोपाल बहादुर कार्की, ६ का खड्ग बस्नेत, ५ का चरण गुरुङ र ७ का मोहन प्रसाद अधिकारी रहेका थिए ।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसबाट गाउँ सभापती योगेन्द्र दाहाल र एमाले बाट जिल्ला सदस्य नविन पौडेल अतिथिरहेका थिए । त्यसैगरी विभिन्न संघसंस्थाबाट अतिथि रहेका थिए । कार्यक्रमको सभाध्यक्ष वडा नं. ४ का वडा अध्यक्ष तथा अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष रमेश राउतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष सुशिल बुढाथोकीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर