पत्रकार जम्नेलीसहित तीन जना सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा सम्मानित

चैत्र ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा नेपाली भाषा, साहित्य संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई नगदसहित सम्मानित भएका छन् ।

पथरीशनिश्चरे—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले बुधबार राष्ट्रिय प्रतिभा सम्मान कार्यक्रमको आयोजना गरी ताम्रापत्र, नगद र दोषल्ला ओढाएर सम्मान गरिएको हो । नेपाली साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद १ लाख १ हजार सहित ‘सि.एम.कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९’ले सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईको हातबाट सम्मान गरिएको थियो ।

दार्जेलिङ भारतमा जम्निएर नेपालमा सांगीतिक क्षेत्रमा लाग्दै आउनु भएका अनिल फागो लिम्बू ५१ हजार नगदसहित ‘सि.एम.कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९’बाट सम्मानित हुनुभएको छ ।
त्यसैगरी मोरङको पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित ‘सुशिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९’द्धारा सम्मानित हुनुभएको छ ।

उहाँहरुलाई सि.एम.कन्दङ्वा स्मृति कोष सञ्चालक समितिको अध्यक्ष डा. रामनारायण कन्दङ्वा, उपाध्यक्ष रबिन कन्दङ्वा, संरक्षक दिनेश कन्दङ्वा, पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, समालोचक दधीराज सुवेदी लगायतबाट दोसल्ला, सम्मानपत्र र नगद प्रदान गरिएको थियो । झापा दमक १ स्थायी बसोबास भएका सम्मानित गोविन्दराज भट्टराईले ६५ भन्दा बढी कृतिहरु प्रकाशित भएको छ ।

संगीत विधानमा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङको बिभिन्न विद्यालयहरुमा संगीत विद्या सिकाउदै आउनु भएको छ । भारत हैदरावाद विश्वविद्यालयबाट संगीतमा पोष्ट ग्रयाजुएट गर्नुभएको फागोले विभिन्न गीतहरुमा संगीत गरेका छन् ।

सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित पत्रकार अर्जुन जम्नेली राई दुई दशक अघिदेखि पत्रकारिता क्षेत्र मार्फत समाजिक, राजनीतिक बिकृति, विसंगति विरुद्ध कलम चलाउदै आउनुभएको छ । गोरखापत्र दैनिक लगायतका सञ्चार माध्यममा काम गर्नुभएका राई हाल रातोकलम डटकमका प्रधान सम्पादक हुनुहुन्छ । एम.ए.सम्म अध्ययन गर्नुभएको राई हाल पथरीशनिश्चरे—१ स्थित पञ्चायत माविको कक्षा ११ र १२ मा पत्रकारिता बिषय पढाउदै आउनु भएको छ ।

प्रभुख अतिथि कुलपति भुपाल राईले सीएम कन्दङ्वा पूर्बको राजनीति विचारक, साहित्य र शैक्षिक अभियान्ता भएको बताउनु भयो ।

सम्मानित व्यक्तिहरुलाई बधाई शुभकामना दिदै समालोचक दधीराज सुबेदीले सि.एम.कन्दङ्वा स्मृति कोषले पूर्बको प्रज्ञा प्रतिष्ठान जतिकै काम गरेको बताउनु भयो । प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सुमित्रा बाङ्देल चेली, ललितकला प्राज्ञ प्रतिष्ठानको सभा सदस्य सरोजा खड्गी लगयातको उपस्तिथि रहेको कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, कोषको सल्लाहकार युवराज बास्कोटा लगायतले बधाई शुभकामना दिनुभएको थियो ।

डा. रामनारायण कन्दङ्वाले कार्यक्रमको औचित्य माथि प्रस्ष्ट पार्दै सीएम कन्दङ्वाको व्यक्तित्व, किर्तित्व बारे बोल्नु भएको कार्यक्रममा सम्मानित साहित्यकार प्रा.डा. गोबिन्दराज भट्टराई, पत्रकार अर्जुन जम्नेली राई विचार राख्नुको साथै अर्का सम्मानित व्यक्ति अनिल फागोबाट गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा १० भन्दा बढी स्रष्टाबाट रचना वाचन भएको थियो ।

सम्बन्धित खवर