१५ औं क्याम्पस सभा सम्पन्न, क्याम्पस टपर दुईजना छात्रा पुरस्कृत

बैशाख २२ गते, पथरी । पथरी बहुमुखी क्याम्पसले १५ औं क्याम्पस सभामा क्याम्पस टपर गर्ने दुई छात्रालाई पुरस्कृत गरेको छ । सभामा विविएस तर्फ ६९ दशमलव ०५ ल्याउने जमुना लिम्बु र विएड तर्फ ६० दशमलब ४५ ल्याउनेलाई अमृता बराईलीलाई शुक्रबार पुरस्कृत गरेको हो ।

उनीहरुलाई कार्यक्रमको विशिष्टि अतिथि कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, वर्तमान क्याम्पस संचालक समितिका अध्यक्ष रामकुमार बस्नेत र संचालक समितिका पूर्व अध्यक्ष मोहन न्यौपानेले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा भरतमोहन अघिकारी स्मृति फाउण्डेशनबाट क्याम्पसमा ३ लाखको अक्षयकोष स्थापन भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि छात्रवृत्तिप्रदान गर्न अक्षयकोष स्थापना गरेको फाउण्डेसनको तर्फबाट टिकारम गौतमले बताए । भरतमोहन अघिकारी स्मृति फाउण्डेशनको तर्फबाट टिकारम गौतमले क्याम्पस संचालक समितिका अध्यक्ष रामकुमार बस्नेतलाई ३ लाखको चेक हस्तान्तरण गरेको छ ।

कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरले हाम्रो देशको बलवान युवाहरु खाडीमा, विद्यार्थीहरु १२ कक्षा सकेर अध्ययनको लागि युरोप जाने र उतै बस्ने वातावरण बन्दै गएको बताए । सरकारले यो विषयमा उचित व्यवस्थापनमा ध्यान नदिदा उत्पादन नयाँ जनशक्ति विदेशमै बस्नु बाध्य रहेको बताए । यस खालको नीतिले देशमा बृद्धबृद्धा मात्र हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । पूर्ब मन्त्री घिमिरेले आफू सामाजिक बिकास मन्त्रीहुँदा प्रदेशभर रहेका ९१ वटा पब्लिक क्याम्पसहरुलाई १० लाखको दरले अनुदान दिने ब्यबस्था मिलाउने प्रयास गरेको बताए ।

कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद सुनिल शर्माले आफ्नो कार्यकालभरी पथरी बहुमुखी क्याम्पसलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो, संविधान सभा सदस्यहरु चण्डीप्रसाद राई, लालबहादुर शुस्लिङ मगर लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

क्याम्पस संचालक समितिको अध्यक्ष रामकुमार बस्नेतले आफूहरु संचालक समितिमा आएपछि क्याम्पसमा २ सय जना अट्ने छात्राबास, कबर्डहल लगायतको योजना पेस गरिएको जानकारी दिए । अध्यक्ष बस्नेतले विश्वविद्यालय अनुदान आयोगमा स्वअध्ययन मूल्याङ्कन प्रतिवेदन (क्यूएए) प्रकृयामा पठाइएको बताए । सहायक क्याम्पस प्रमुख ऋषिराज धिमालले सञ्चालन गरिएको कार्यक्रममा क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्लीराज दाहालले आर्थिक प्रतिवेदन पेस गरेका थिए । शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी संङ्कायमा स्नातक तह छन् भने शिक्षाशासत्रमा नेपाली र व्यवस्थापनमा स्नातकोत्तर अध्ययन भईरहेको छ । क्याम्पसमा यो बर्ष ६ सय ३० जना विद्यार्थी र ३ सय १७ जना परिषद सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।भरतमोहन अघिकारी स्मृति फाउण्डेशनको तर्फबाट टिकारम गौतमले क्याम्पस संचालक समितिका अध्यक्ष रामकुमार बस्नेतलाई ३ लाखको चेक हस्तान्तरण

२०६४ भदौदेखि विधिवत स्थापित क्यामपसमा ७० लाखभन्दा बढी घाटामा रहेको प्रगति प्रतिवेदनमा उल्लेख छ । सभामा पूर्ब नगरप्रमुख दिलिपकुमार राई, वडा अध्यक्षहरु भीमकुमार राई, लोककिरण न्यौपाने, एमाले केन्द्रिय सदस्य युवराज बास्कोटा, नेपाली कांग्रेस नगर सभापति रुपनारायण भट्टराई, एमाले अध्यक्ष रमेश दाहाल, माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द कटुवाल, नेकपा (एस)का तुलशी ढकाल, पञ्चायत माविका प्रधानध्यापक अर्जुन बुढाथोकी, स्ववियु सभापति केशर राई लगायतको उपस्थिति रहेको थियो ।

क्याम्पस संचालक समितिको बैठकले बिन्दु राई, बेदनिधी खनाललाई समितिमा र निवर्तमान नगर प्रमुख दिलिपकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समिति सदस्यहरुमा यमुना बिष्ट, परशुराम कार्की, शिव तिम्सिना र रुपनारायण भट्टराई रहेका छन् । कार्यक्रममा स्नातक प्रथम बर्षको छात्रा बर्षा पुलामी मगरले नृत्य गरेकी थिइन् ।

क्याम्पस संचालक समितिको अध्यक्ष रामकुमार बस्नेत

सम्बन्धित खवर