शिक्षा अधिकृत काफ्लेलाई सरुवा गर्न चार शिक्षक संगठनको माग

जेठ १ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका शिक्षा शाखाको अधिकृत वेगबहादुर काफ्लेलाई एक महिना भित्र सरुवा गर्न चार शिक्षक संगठनले माग गरेको छ ।

सोमबार शिक्षक संगठनहरुले कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ९ बुंदे ज्ञापनपत्र बुझाउँर्दै सो माग गरेको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठन कानेपोखरीका अध्यक्ष सुरतलाल चौधरी, नेपाल शिक्षक संघ कानेपोखरीका अध्यक्ष जंगबहादुर बोहोरा, नेपाल राष्ट्रिय शिक्षक संगठन कानेपोखरीको अध्यक्ष सन्जीव खड्का, नेपाल शिक्षक महासंघ कानेपोखरीका अध्यक्ष विजय गोपाल गड्तौला लगाएत ४ शिक्षक संगठनका अध्यक्षले हस्ताक्षर गरी ज्ञापनपत्र बुझाएका थिए ।

मागहरु पुरा नभए चरणबद्ध रुपमा थप आन्दोलन गर्ने समेत ध्यानाकर्षण गराएका छन् ।

शिक्षा अधिकृत काफ्लेले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नु भन्दा पनि आफ्नो व्यक्तिगत आर्थिक अवस्था उकास्ने ध्याउन्नमा लागेका ज्ञापनपत्रमा उल्लेख छ ।

शिक्षा अधिकृतले शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक नियुक्तिमा रकम लिने गरेको विज्ञप्तीमा उल्लेख छ । त्यती मात्र होइनन् विद्यालयको काम लिएर प्रधानाध्यपक तथा शिक्षकहरु शिक्षा शाखामा जादा अधिकृत काफ्लेले फाइलहरु फालिदिने, बारम्बार दुःख दिने र खुलमखुल्ला रकम माग गर्ने जस्ता कार्यहरु गर्दै आएका छन् । पालिकाको सामुदायिक विद्यालय कसरी सुधार कार्यक्रम अन्तरगत सम्बन्धित निकायले निरीक्षण र अनुगमन्मा ध्यान नै नदिएको ज्ञापनपत्रमा उल्लेख छ ।

एकमहिना भित्रमा अनिर्वाय रुपमा शिक्षा अधिकृत बेगबहादुर काफ्लेको सरुवा गरियोस । करार शिक्षक नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार व्यवस्थापन समितिबाट विषयविज्ञ चयन गर्ने व्यवस्था गरियोस ।

गाउँ शिक्षा समितिलाई अविलम्ब पूर्णता दिई शिक्षक महासंघको अध्यक्षलाई पदेन सदस्य रहने व्यवस्था कार्यन्वयन गरियोस । संघीय शिक्षा ऐनमा व्यवस्था भएअनुरुप समयमै मासिक रुपमा तलब निकासा गर्ने व्यवस्था गरियोस । बालविकास शिक्षकहरुको बढेको मासिक रु २ हजार तलाबलाई यथाशिघ्र भुक्तानी गर्ने व्यवस्था मिलाइयोस र विभिन्न समयमा यस अघि संचालन गरिएका कम्प्युटर सम्बन्धी तालिम, गोष्ठी, तथा स्थानीय पाठ्याक्रम प्रवोधीकरण तालिममा सहभागी शिक्षक कर्मचारीलाई रकम बुझेको भरपाईमा हस्ताक्षर गराएर रकम नदिएकोमा अविलम्ब भुक्तानीको व्यवस्था गर्नु पर्ने माग राखेको छ ।

 

सम्बन्धित खवर